×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले गर्यो महाकाली बहुमुखी क्याम्पसलाई १७० थान गमला सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महालक्ष्मी विकास बैंकले गर्यो महाकाली बहुमुखी क्याम्पसलाई १७० थान गमला सहयोग

Artha Sarokar

२७ फाल्गुन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेलौरी । महालक्ष्मी विकास बैंक लिमिटेडको बेलौरी शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई १७० थान गमला सहयोग गरेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले एक शाखा, एक सामाजिक उत्तरदायित्वको नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट क्याम्पसलाई सहयोग गरेको हो । क्याम्पस प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबीच क्याम्पसलाई गमला प्रदान गरेको कुरा बंकै शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक राम बहादुर विकले जानकारी गराए । क्याम्पसको शैक्षिक गुणस्तरमा टेवा पु¥याउने र स्वच्छ, मनोरम वातावरणमा शैक्षिक गतिविधि सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले क्याम्पसलाई गमला वितरण गरिएको शाखा प्रबन्धक विकले जनाकारी दिए ।

उक्त गमला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह विष्टले क्याम्पसको पर्यावरणीय सौन्दर्यता थप्नका निमित्त फुलका गमला दिइ सहयोग गरेकोमा बैंकले गरेको कार्यको खुलेरै प्रसंशा गरे । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी