×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने सरकारको तयारी, पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहन आग्रह (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने सरकारको तयारी, पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहन आग्रह (भिडियो)

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति-२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताउनु भएको हो । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी संसदमा दर्ता गर्ने मन्त्री भुसालको योजना छ । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताउनु भयो । विश्व पानी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार जल संरक्षण र सम्वद्र्धनमा पर्याप्त सचेत रहेको पनि बताउनु भयो ।

भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति र कार्यक्रमको कार्यान्वयन गर्न जोड दिनुपर्ने आवश्यक्ता औंल्याउँदै उहाँले त्यसका लागि आम नागरिकहरुको सचेतनामा समेत ख्याल पुर्याउनु पर्ने बताउनु भयो । मन्त्री भुसालले भन्नु भयो, ‘राष्ट्रिय जलस्रोत नीति-२०७७ जारी भईसकेको छ । यस नीतिलाई कानुनमा रुपान्तरण गरी जलस्रोत ऐनको मस्यौदा समेत तयार भईसकेको अवस्था छ । अव हामी अन्तिम अवस्थामा छौं । छलफल गर्दैछौं  । यसलाई अन्तिम रुप दिएपछि क्याबिनेट हुँदै संसदमा दर्ता गर्नेछौं । यसको साथै जल तथा ऊर्जा आयोगबाट एकीकृत नदी बेसिन योजना समेत सम्पन्न हुने क्रममा छ । जुन हाम्रो १५ औं आवधिक योजनाको जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा राखिएको छ । जल संरक्षण र सम्वद्र्धनमा हामी पर्याप्त सचेत पनि छौं । आजको आवश्यक्ता सो अनुकूलको कार्यान्वयन र आम मानिसको यसप्रति सचेतना नै हो ।’ मन्त्री भुसालले पीउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने भन्दै सचेत रहनुपर्ने पनि बताउनु भयो । हेर्नुहोस् भिडियोः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: