काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४५ हजार कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयर गत फागुन २६ गते बिहीबार बाँडफाँट गरेको थियो । बैंकले १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा २४ सय ३० जना सेयरधनीबाट ११ लाख ६६ हजार ६८९ कित्ताका लागि मात्र आवेदन परेको थियो । जसमध्ये १ लाख ४५ हजार ६४९ कित्ता हकप्रद बिक्री हुन सकेको थिएन । सोही बिक्री नभएको बाँकी सेयर बैंकले अब लिलामीमा ल्याउने भएको हो ।
बैंकले पुस ७ गतेदेखि माघ १२ गतेसम्म १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बैंकको हाल चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि बैंकको चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्