×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सहकारी बैंकले देशभर ‘लघु गोष्ठी’ गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय सहकारी बैंकले देशभर ‘लघु गोष्ठी’ गर्दै

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर । ६५औं राष्ट्रिय सहकारी दिवस २०७८ को अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले “सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक लघु गोष्ठी २०७८ गर्ने भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने थिमका साथ चैत्र २० गते मनाईने ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बैंकको ६८ वटै शाखा कार्यालयहरु मार्फत चैत्र १८ देखि २१ गते सम्म ‘लघु गोष्ठी’ गर्ने बैंकका अध्यक्ष केबी उप्रेतीले बताए ।
उनका अनुसार गोष्ठी कार्यक्रम प्रत्येक शाखा कार्यालयहरुमा हुने छ, गोष्ठीमा बैंकका सञ्चालकहरु, शाखा समन्वय उप–समितिका संयोजक तथा सदस्यहरु, बैंकका सदस्य सहकारी संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक तथा संञ्चालकहरु सहभागि हुने छन् । अध्यक्ष उप्रेतीका अनुसार सहकारीको पैसा सहकारीमै राखी सहकारी क्षेत्रको साख जोगाउन अभिप्रेरित गर्न पनि यो गोष्ठी कार्यक्रमले सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
गोष्ठीमा “सहकारीको वर्तमान अवस्थाः समस्या र समाधान” विषयक कार्यपत्र प्रस्तुत हुने छ । सहभागिहरु बीच बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता (लगानी योग्य पूँजि) को अवस्थाका बारेमा सहभागिहरुको भोगाई, अवलम्बन गरेका नीति, संस्थाद्वारा गरिएका असल अभ्यासहरु, अपनाउनु पर्ने उपायहरुको बारेमा केन्द्रीत भएर छलफल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा नेपालमा सहकारी सुदृढिकरणका समस्याहरु, राष्ट्रव्यापी तरलता समस्याका सम्भावित कारणहरू, तरलता संकटमाः नेपालका सहकारीको अवस्था, तरलता संकटबाट बच्न सहकारीले तत्काल अवलम्बन गर्नु पर्ने उपायहरुको विषयमा समेत छलफल हुने छ । छलफलमा प्राप्त भएको सुझाव, गोष्ठीको निचोडको आधारमा बैंकले थप नीति तथा कार्यक्रम मार्फत योजना बनाउने बैंकले जनाएको छ ।
त्यसैगरी चैत २० गते ६५औं राष्ट्रिय सहकारी दिवस सफल बनाउन राष्ट्रिय सहकारी बैंकले आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्ने भएको छ । सहकारी बैंकले देशभर रहेका शाखा कार्यालयहरु मार्फत जिल्ला र केन्द्र स्तरमा आयोजना हुने सबैखाले कार्यक्रमलाई सफल बनाउन बैंकका अध्यक्ष, सञ्चालक, उप–समितिका संयोजक तथा सदस्यहरु, कार्यरत सम्पूर्ण कर्मचारीहरु सहभागि हुने छन् ।
“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” परिकल्पना लिई अघि बढेको बैंकमा देशभरका करिब १५ हजार सदस्य सहकारी संघ संस्थाहरुलाई आबद्ध गराई ६८ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय तथा गैर–वित्तीय सेवा पु¥याउँदै बैंकमा आबद्ध सहकारी संघ/संस्थामार्फत ४० लाख भन्दा बढी जनतालाई प्रत्यक्ष–परोक्ष रुपमा बैंकले सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी