×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामलिङ पावर कम्पनीको तेस्रो वार्षिक साधारणसभा चैत २१ गते हुने, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सामलिङ पावर कम्पनीको तेस्रो वार्षिक साधारणसभा चैत २१ गते हुने, यस्ता छन् पारित गरिने मुख्य एजेण्डाहरु

३० फाल्गुन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सामलिङ पावर कम्पनीको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चैत २१ गते तेस्रो वार्षिक साधारणसभा हुने भएको हो । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ । उक्त सभामा कम्पनीले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने प्रस्ताप पेश गर्नेछ । यसको लागि कम्पनीको नियमावली संसोधन गर्ने एजेण्डा सभामा रहेको छ ।

यस्तै सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनको लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ६ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: