काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पछिल्लो ६ महिनामा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष होटल ११ करोड ५१ लाख रुपैयाँ नोक्सानमा थियो । गत वर्ष १६ करोड ९८ लाख रुपैयाँ रहेको आम्दानी कम्पनीले यस त्रैमासमा भने १६३.६९ प्रतिशतले बढाएर ४४ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ ।
यता कम्पनीले पुससम्ममा ५ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ । गत वर्ष कम्पनी ११ करोड ४९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । हाल यसको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा ६३ करोड ८६ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ५८ पैसा र प्रतिसेयर नेटवर्थ भने १७ रुपैयाँ ७८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्