काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सेयरधनीलाई बोनस सेयर पाउनका लागि पहिला कर तिर्न आग्रह गरेको हो ।
कम्पनीले २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्म सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले कुमारी बैंकको खाता नम्बर ०१३००९८४०७२०००३७ मा कर वापतको रकम जम्मा गर्नुपर्नेछ ।
कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।