काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ वर्षदेखि संस्थाले दिवसका अवसरमा नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । संस्थाको आयोजना एवं ब्लड डोनर्स एसोसिएकन तथा कास्कुनको संयोजनमा भएको कार्यक्रममा १४६ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा ब्लोदानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल केसी, कास्कुनका सचिव शालिकराम पुडासैनी, ब्लोदान काठमाण्डौका अध्यक्ष जनक खड्का लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अनौपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता देखिएको थियो । संस्थाका अध्यक्ष भोलानाथ पाठकले विगत १२ वर्षदेखि कोभिड १९ को असहज परिस्थितिका बेलामा पनि निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताए । १२ वर्ष अघि दिवसका अवसरमा रक्तदान शुरु गर्दा पाँचतारा र्याली ब्यानर बोकेर आएन भनेर कतिपय सहकारीकर्मीले आलोचना समेत गरेको बताउँदै उनले भने, ‘अहिले सहकारीकर्मीमा दिवसका अवसरमा रक्तदान गर्नुपर्छ भन्ने भावना जागेको देख्दा खुशी लाग्छ ।’
सबै सहकारीले रक्तदान गर्नु खुसीको कुरा भएपनि रक्तदान अव्यवस्थित र देखासिखीका हिसाबले समेत हुने गरेको हुँदा सामाजिक योगदानका लागि रक्तदान गर्नुपर्छ भन्ने भावना सबैमा विकसित गराउन आवश्यकता रहेको उनको ठम्याई छ । रक्तदानलाई कसरी सुरक्षित र व्यापक बनाउने भन्ने कुरा अहिलेको चुनौति भएको भन्दै उनले यसतर्फ राज्यको ध्यान जानुपर्ने बताउँछन् । रक्तदानमा लाग्नेहरुलाई सोसल रेकग्निशन, अवार्ड र छुट्टै परिचयपत्र र सम्मानको वातावरण बनाउन सके थप प्रोत्साहन मिल्ने र स्वंयसेवी रक्तदाताहरुको संख्या पनि वृद्धि हुँदै जाने पाठकले बताए । संस्थाले रक्तदानमा सदस्यहरुको सहभागिता बढाउन पाँच पटक भन्दा बढि रक्तदान गर्नेहरुलाई चाँदीको सिक्का र दोसल्लाले सम्मान गर्दै आएको छ ।
त्यसका साथै रक्तदातालाई प्रमाणपत्र, डायरी, टिशर्ट, ग्लास जस्ता उपहार प्रदान गरी निरन्तर रक्तदानमा लाग्न हौसला प्रदान गदै आएको छ । अहिले विरामीका लागि दैनिक जसो ३०० पिन्ट भन्दा बढि रगत आवश्यक पर्ने हुँदा सहकारीसँगै बैंक तथा वित्तीय संस्था तथा कर्पोरेट हाउसहरुले पनि रक्तदानलाई व्यापक बनाउनुपर्ने उनले औंल्याए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्