×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेगा बैंकको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मेगा बैंकको १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मेगा बैंकले १ लाख ४९ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न १० संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी लिलामी खुला गरेको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट माग आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: