Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त

अर्थ सरोकार

काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् ।नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो । विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छिन् ।

मेगा बैंकको स्थापनादेखि नै नायब महाप्रबन्धकमा प्रवेश गरी महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै निजी क्षेत्रको राष्ट्रियस्तरको बाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रुपमा चार बर्ष अघि मेगा बैंक नेपाल लिमिटेडको नेतृत्व सम्हाल्नु भएकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल २०७९ वैशाख १ गतेदेखि समाप्त भएकाले बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । ३१ बर्षको बैंकिङ सेवामा ४ बर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित मेगा बैंक नेपाल लिमिटेडमा १२ बर्ष भन्दा बढी अवधि सेवा गरेकी  खुञ्जेलीलाई यस बैंकको उन्नति, प्रगति तथा श्रीबृद्धिमा पुर्याएको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद दिने र उनको उज्ज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक सञ्चालक समितिले गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए। आफ्नो चार बर्षे कार्यकाल पूरा गरी बिदा भएकी खुञ्जेलीको सम्मानमा बैंकले बिदाई समारोहको आयोजना गर्ने पोखरेलले बताए ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK