काठमाडौं । नेपाल टेलिकमको साधारणसभा चैत २४ गते बिहिबार हुने भएको छ । कम्पनीले ४०% लाभांश पारित गर्न बिहिबार सभा बोलाएको हो ।
सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले चैत १० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
टेलिकमले २०% बोनस सेयर र २०% नगद गरी कुल ४०% लाभांश दिन लागेको छ । टेलिकमले पहिलोपटक बोनस सेयर प्रस्ताव गरेको छ ।