×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?

PRIME CA

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम मौका, साधारणसभा कहिले ?

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गरेकोले आज मंगलबार चैत २२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १९% बोनस सेयर र १% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १० गते सभा गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ ।
साथै सभाले एफपीओ निष्कासन गर्ने र कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: