×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : माटोको भकारी बोकेर घर लैजादै थारु समुदायका मानिस, तानबाट अल्लोको कपडा बुन्दै महिला

LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : माटोको भकारी बोकेर घर लैजादै थारु समुदायका मानिस, तानबाट अल्लोको कपडा बुन्दै महिला

१३ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बेशुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदाय माटोको भकारी बोकेर घर तर्फ लैजाँदै गरेको तस्विरदेखि व्यास नगरपालिका–४ चुरीखोल्सीस्थित गंगा देवी बाख्रा फार्ममा अष्ट्रेलियाबाट ल्याइएको शुद्व बोयर जातका बोकासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार

शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदाय माटोको भकारी बोकेर घर तर्फ लैजाँदै । थारु समुदायले परम्परागत रुपमा बनाउने माटोको भकारीमा धान, गहु लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला । पछिल्लो समयमा अल्लोको कपडाको माग उच्च रहेको उद्योगी बताउँछन् ।

व्यास नगरपालिका–४ चुरीखोल्सीस्थित गंगा देवी बाख्रा फार्ममा अष्ट्रेलियाबाट ल्याइएको शुद्व बोयर जातका बोका । एउटा बोका रु.दुई लाख सत्तरी हजार मूल्यमा खरीद गरी ब्याड (बीउको लागि)को लागि ल्याइएको किसान बताउँछन् ।

 

फोटोपत्रकार क्लबले मङ्गगलबार वसन्तपुरमा ९५ औँ राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा आयोजित लेन्सबाट फोटोपत्रकारिता प्रदर्शनीमा तस्वीर अवलोकन गर्दै सर्वधारणहरू ।

सर्लाही सदरमुकाम मलङ्गवा–१० स्थित आज बिहान नेपाली काँग्रसका स्थानीय नेता जयप्रकाश मल्लिकको घरमा आगलागी । आगलागी हुँदा अन्नपात लत्ताकपडा, गरगहना जलेर करिब रु १५ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

विसं २०७२ मा ठेक्का भएर काम लगाए पनि सम्पन्न हुन नसकेर अलपत्र बनेको गोकर्ण–सुन्दरीजल सडक । निर्माण व्यवसायीले काम ढिला गर्दा यात्रु र स्थानीयवासी हिउँदमा धुलो र वर्षामा हिलोका कारण पीडित बनेका छन् ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी