×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १६.९१% ले खुद नाफा घट्दा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
SHREE KESH

प्रभु बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १६.९१% ले खुद नाफा घट्दा अन्य सूचकको अवस्था कस्तो ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमासमा १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा १६.९१ प्रतिशतले थोरै हो ।

यता बैंकको सञ्चालन नाफा पनि घटेको छ । बैंकले २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ५ करोड ६४ लाख ८८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षका सञ्चालन नाफा १६.२२ प्रतिशतले कम हो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । बैंकले ४ अर्ब ३२ करोड ३१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १२.७२ प्रतिशतले बढी हो । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: