×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकको २ अर्ब २५ करोडको २५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

PRIME CA

प्राइम कमर्सियल बैंकको २ अर्ब २५ करोडको २५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले चैत १६ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद बढाएर चैत ३० गतेसम्म पुर्याइएको हो ।
बैंकले चैत १६ गतेदेखि २ अर्ब २५ करोड रुपैयाँ बराबरको २५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले ‘१०% प्राइम डिबेन्चर २०८८’ जारी गरेको हो । १० लाख इकाई ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने बैंकले बाँकी १५ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
लगानीकर्ताले यसमा प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो डिबेन्चरमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । बिक्री प्रबन्धकको आरबीबी मर्चेन्ट बैंकिंङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: