Skip to content
LAXMI SUNRISE BANK

सरकारी कार्यक्रममा प्लास्टिकको प्रयोग नगर्न अदालतको आदेश

अर्थ सरोकार

काठमाडौँ । सरकारी कार्यक्रममा प्लास्टिकको प्रयोग नगर्न अदालतले आदेश दिएको छ । उच्च अदालत विराटनगरले जुनसुकै सरकारी कार्यक्रममा पनि प्लास्टिकको प्रयोग नगर्न आदेश दिएको हो । 

अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले सरकारी निकायबाट आयोजना हुने कार्यक्रममा प्लाष्टिकजन्य पदार्थको प्रयोग नगर्न परमादेश जारी गरेको छ । 

कोसी प्रदेश सरकारकाको नाममा समेत जारी गरिएको उक्त परमादेशमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्दै उपलब्ध विकल्पहरुको प्रयोग गर्न र गराउन भनिएको छ । 

त्यस्तै, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रम निर्माण, प्रयोग वा कार्यान्वयन पर्याप्त नभए सोतर्फ समेत उच्च प्राथमिकता दिई निर्माण गरेर लागू गर्न र गराउन पनि परमादेशमा भनिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK