ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको छ । एक हप्तामा तीन उडान हुँदै आए पनि बाक्लो तुँवालो (हुस्सु) का कारण शुक्रबार, शनिबार र आज पनि उडान अवरुद्ध भएको हो ।
प्रतिकूल मौसमकै कारण निरन्तर एक सातादेखि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो । गत शुक्रबार र शनिबार मौसममा सुधार नआएकाले उडान रद्द भएको थियो । आज पनि मौसममा सुधार नआएपछि उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताउनुभयो ।
लगातार उडान अवरुद्ध भएपछि काठमाडौँका लागि टिकट गरेका यात्रु रोकिएका छन् । त्यस्तै काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका यात्रु पनि उतै रोकिएका इन्चार्ज लिम्बूले जानकारी दिनुभयो । हालको समय पर्यटकीय मौसम भएकाले यात्रुको अत्यधिक चाप रहेको निगमले जनाएको छ । यता यो मौसममा नियमित उडान नहुँदा यात्रु थप मारमा परेका छन् ।
नेपाल वायुसेवा निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन उडान सञ्चालन गर्दै आएको छ । अझै बाक्लो तुँवालो र हुस्सु कायमै रहेकाले यो मौसममा सुधार नआएसम्म उडान प्रभावित हुनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण, सुकेटार विमानस्थलले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्