Skip to content
LAXMI SUNRISE BANK

समिट लघुवित्तले कमायो ११ करोड ७४ लाख १६ हजार रुपैयाँ, आधिकांश सूचकहरुको अवस्था सन्तोषजनक

अर्थ सरोकार

काठमाडौं । समिट लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १७.२० प्रतिशतले  बढेर ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १७.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १० करोड १ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४१.६० प्रतिशतले बढेर २६ करोड ३२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गतवर्ष कम्पनीले १८ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो भने सञ्चालन नाफा १७.१९ प्रतिशतले बढेर १८ करोड ६३ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।यस्तै कम्पनीको  प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ६९ पैसा रहेको  छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ६२ पैसा रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK