काठमाडौं । सनराईज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल (PSO) सेवाका लागी सहकार्य भएको छ । सनराईज बैंकको केन्द्रिय कार्यालय गैहिधारामा आयोजित एक समारोहबीच सनराईज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यससँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकबर्गलाई पोइन्ट अफ सेल डिभाइस (PSO) उपलब्ध गराउन सक्नेछ भने सो को लागी प्राबिधिक सेवा तथा कारोबारको सेटलमेन्ट सेवा सन्राइज बैंकले प्रदान गर्नेछ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क (PSO तथा QR), १५९ एटिएम, १३९ शाखा, १३ एक्सटेन्सन काउण्टर, ९० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो ।
भिषाको प्रमुख सदस्य समेत रहेको सन्राइज बैंकले हामी सँगसँगै भन्ने मुल नाराका साथ अगाडि बढ्दै आफ्ना सदस्य बैंकहरुलाई सहज र सरल ढँगले डिजिटल भुक्तानीका सेवा सुबिधाहरु ल्याउनको लागी सदैव अग्रगामी भूमिका निभाउँदै आएको छ । बैंकले यसअघि पनि नेपालमै पहिलो पटक सहकारी सँस्थाका सदस्यहरुका लागि भिषा कार्ड सेवाको सुरुवात समेत गरिसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्