काठमाडौं । सनराइज बैंकले १ लाख ९५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी भरतकुमार श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको १ लाख ९५ हजार ७५६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
यसमा बैंककै संस्थापक सेयरधनीले न्युनतम १४५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ ।
सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।