काठमाडौँ। यूनाइटेड सिमेन्ट्स प्रा. लि. ले काठमाडौँ तथा ललितपुरको विभिन्न स्थानमाठेकेदार तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिएको छ।
केहि निर्माणकर्मीहरु बिगतका अनुभवको आधारमा मात्रा निर्माणको काम गर्दै आएकोतर सहि निर्माण कसरी गर्ने भन्ने बारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले, उनीहरुलाई गुणस्तरिय निर्माण गर्ने तरिकाको ज्ञान दिनु पर्ने एकदम आवश्यकता रहेको यूनाइटेड सिमेन्ट्सले महसूस गरि यी कार्यक्रम को पुन थालनी गरेको छ। हाल सम्म ४ ओटा स्थानमा सयौं निर्माणकर्मी लाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने र हजारौं निर्माणकर्मी लाई प्रशिक्षण दिने यस उद्योगको लक्ष्य रहेको छ।
सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारी को साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाध्ने सहि तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि बिषयमा सो कार्यक्रममा प्रस्ट पारिएको थियो। सहि तरिकाले निर्माण गर्नु निर्माणकर्मी को धर्म हो र यसो गरेपछि पारिवारिक घर निर्माण सहित गगन चुम्बी महल देखि, हाइड्रो पावर ड्याम, टनेल, बिशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत यूनाइटेड सिमेन्ट ढुक्क संग प्रयोग गर्न सकिन्छ भनेर सो कार्यक्रममा प्रस्ट पारिएको थियो।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरि, आफै क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले बिगत ७ वर्ष देखि नौबिसेमा रहेको आफ्नो कारखानाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। काठमाडौँ उपत्यकाको सबै भन्दा नजिक रहेको बिशाल सिमेन्ट उद्योग यूनाइटेड सिमेन्ट्स प्रा. लि. नै हो जसले आफ्ना ग्राहकलाई सधैँ ताजा र गुणस्तरिय सिमेन्ट उपलब्ध गराउँदै आएको छ । ५३ ग्रेड तथा ४३ ग्रेड को ओ. पी. सी. सिमेन्ट बनाउँदै आएको यस उद्योगले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई सधैँ मजबुत बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्