×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आदर्श लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आदर्श लघुवित्त वित्तीय संस्थाद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा

Artha Sarokar

२२ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीे यस त्रैमासमा २१ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३८.१७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ४५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ८०.७९ प्रतिशतले वृद्धि भएर ३ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।  रिजर्भ कोष भने ८३ लाख ८४ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ ।

यता कम्पनीको खुद ब्याज आम्दानी २३.०७ प्रतिशतले बढरे १ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ करोड ८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै कम्पनीको सञ्चालन नाफा भने २४ लाख ८७ हजार रुपैयाँबाट घटेर २३ लाख ७३ हजार रुपैयाँमा झरेको छ । कम्पनीको खराब कर्जा भने १.२७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी