काठमाडौँ । एन आई सी एशिया क्यापिटलले “IDEA to IPO”सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा जानकारी गराईन्छ ।
सोही सेवा अन्तर्गत सारा नेपाल लिमिटेडलाई संस्थागत परामर्श, शेयर रजिष्ट्रारकोसेवा सहित सारा नेपाल लिमिटेडलाई IPO जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र सारा नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
सारा नेपाल लिमिटेड डिपार्टमन्टल स्टोर, जलविद्युत परियोजना, यतायात तथा पर्यटन, होटल व्यवसाय, कृषिजन्य उत्पादन तथा बिक्री वितरण, संचार, खाद्यवस्तुको उत्पादन तथा वितरण, स्वदेशी वस्तु तथा सेवाहरुको निर्यात गर्ने लगायतका कार्यहरु गर्ने मुख्य उद्देश्यका साथ संचालन भईरहेको छ । हाल सारा नेपाल लिमिटेडले किराना पसलेहरुलाई प्रबद्र्धन गर्ने मुख्य लक्ष्यका साथ १०० भन्दा बढी सारा स्टोरको नामबाट किराना पसल संचालन गरिहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्