Skip to content
LAXMI SUNRISE BANK

बीमा कम्पनीका सीईओहरुको पाँच दिने भेला माल्दिभ्समा, पुर्नबीमा सम्बन्धि तालिम दिईने

अर्थ सरोकार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुको पाँच दिने भेला माल्दिभ्समा सुरु भएको छ । उक्त भेदा जेठ १७ गते मंगलबारदेखि सुरु भएको हो । यस्तै सो भेला भने जेठ २१ गते शनिवारसम्म चल्ने भएको छ । नेपाल पुनर्बीमा कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको हो ।

बीमा कम्पनीका सीईओहरुलाई पुर्नबीमाको तालिम दिनको लागि नेपाल पुर्नबीमा कम्पनीले उक्त कार्यक्रम माल्दिभ्समा राखेको हो । उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेललेसमेत भाग लिएका छन् । यसैगरी नेपाल पुर्नबीमा कम्पनीको अध्यक्ष, सञ्चालक समितिका सबै सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनकहरु पनि माल्दिभ्स गएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK