×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बंगलादेश बैंकका कामु सीइओ भुपेन्द्रको नबिलमा पाचौँ बरियता, डेपुटी सीइओमा पनि सबैभन्दा पुछारमा !

काठमाडौँ । नबिल बैंक लिमिटेडमा नेपाल बंगलादेश बैंक बिलय हुने भएपछी अहिलेका नेपाल बंगलादेश बैंकका कामु सीइओ भुपेन्द्र पाण्डेको बरियता डेपुटी सीइओमा पनि सबैभन्दा पुछारमा रहने भएको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको प्राप्ति प्रक्रिया अगाडी बढाउन बसको विशेष साधारणसभाले यस्तो स्किम अफ एरेन्जमेन्ट पारित गरेको हो । जसअनुसार ज्ञानेन्द्र ढुंगानालाई सीइओ बनाउने, र डेपुटी सीइओमा सबैभन्दा माथि सुजित शाक्य, त्यसपछि बिनय रेग्मी, त्यसपछि मनोज ज्ञवाली र त्यसपछि मात्रै भुपेन्द्र पाण्डेयको बरियता हुने उल्लेख छ । यद्यपी ज्ञानेन्द्र ढुंगानालाई सीइओ बन्न कानुनी जटिलता छ ।
नबिलका एक सेयरधनी उनको योग्यताको विषयलाई लिएर अदालत जाँदैछन् । अदालतले उनको नियुक्ति रोकेको खण्डमा भने उनी सीइओ हुन पाउने छैनन् ।
यसअघि भुपेन्द्र पाण्डेय बैंकको सिनियर डेपुटी सीइओ बन्ने चर्चा चलेको थियो । अर्कोतर्फ सिनियर डेपुटी सीइओका रुपमा अनुपमा खुन्जेलीलाई ल्याउनेसमेत चर्चा चलेको थियो । उनी मेगा बैंककि पूर्व सीइओ हुन् । तर नबिलका डेपुटी सीइओहरुले नमानेपछि खुन्जेलीलाई नबिल ल्याउने योजना तुहिएको थियो ।
यता पाचौं बरियताका भुपेन्द्र पाण्डेले खाईपाई आएको सेवा सुविधा नबिलमा डेपुटी सीइओ भएकाहरुको भन्दा बढी छ । यसकारण पनि नबिलमा डेपुटी सीइओहरुको तलव तथा सुविधा बढाउनुपर्ने देखिन्छ ।
कानुनी रुपमा ढुंगानालाई सीइओ बन्न रोके अव नेपाल बंगलादेश बैंकका कर्मचारीको भने कन्तबिजोग हुने भएको छ । किनकि नबिलमा घटुवा नगराउने सर्तमा नेपाल बंगलादेश बैंकका कर्मचारीहरुले आफैंले सुरु गरेको आन्दोलन आफैं तुहाएका थिए । तर ढुंगाना सीइओ नभएको खण्डमा ५ बर्षसम्म एनबिका कुनै कर्मचारीको बढुवा पनि नगर्ने र उनीहरुको तलव पनि नबढाउने योजनामा नबिल रहेको नबिलकै उच्च स्रोतको दाबी छ । ‘एक त ज्ञानेन्द्र दाई सीइओ भएपनि छिट्टै तलव बढ्ने वा बढुवा हुने कुरा उताका (नेपाल बंगलादेश बैंकका) कर्मचारीहरुले नसोचे पनि हुन्छ । ज्ञानेन्द्र दाई सीइओ हुनु भएन भने त ५ बर्षसम्मका लागि बढुवा सढुवा च्य्पाटर क्लोज भईगो नि। ‘ नबिलका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: