काठमाडौं । पछिल्लो समय ऋण लिने खाता (लोन अकाउन्ट)को संख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुमा लोन अकाउन्टको संख्या डेढ लाखले थपिएका छन् । चैत महिनासम्म १ लाख ५३ हजार ३ सय ५६ लोन अकाउन्ट थपिएका हुन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९.११ प्रतिशतले बढी हो ।
हालसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्समा लोन अकाउन्टको संख्या १८ लाख ३६ हजार १ सय ९१ पुगेको छ । वाणिज्य बैंकहरुमा १४ लाख ९० हजार २ सय ४ लोन अकाउन्ट रहेका छन् भने विकास बैंकमा लोन अकाउन्ट खोल्नेको संख्या ३ लाख ५ हजार १ सय ४४ रहेका छन् । यस्तै फाइनान्स कम्पनीमा लोन अकाउन्ट खोल्नेको संख्या ४० हजार ८ सय ४३ रहेका छन् ।
हाल वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी खाता खोल्नेको संख्या ४ करोड ३२ लाख ८६ हजार ३ सय ७४ पुगेका छन् । यो अघिल्लो वर्षको चैत महिनाकोभन्दा ६९ लाख २० हजार ३ सय ३३ ले बढी हो । एक वर्षमा बैंक खाता खोल्नेको सङ्ख्या ६९ लाख २० हजारले थपिएको हो । यस्तै ऋण लिने खाताको संख्या भने १ लाख ५३ हजारले थपिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्