×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको ३५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

एनएमबि बैंकको ३५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म पाईन्छ भर्न ?

काठमाडौं । एनएमबि बैंकको उर्जा ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । बैंकले वैशाख २१ गतेदेखि बिक्रीमा ल्याएको ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद बढाएर जेठ ४ गतेसम्म पुर्याइएको हो । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऊर्जा ऋणपत्रको बिक्री खुला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३५ लाख इकाई ऋणपत्र जारी गरेको हो । जसमध्ये २१ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने ७० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ र बाँकी १३ लाख ३० हजार इकाई ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको हो । एनएमबिले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४५-२०९३/९४’ जारी गरेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइने भएको छ ।

कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १४ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहन्छ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: