×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लास्ट रिमाइन्डर : रिभर फल्स पावर कम्पनीको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

काठमाडौं । रिभर फल्स पावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको २७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओमा आवेदन दिने जेठ ४ गते बुधबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले वैशाख २८ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका दरका २७ लाख ३० हजार कित्ता आइपीओ सर्वसाधारणका आइपीओ लागि बिक्री खुला गरेको हो ।

जसमध्ये १ लाख ३६ हजार ५०० कित्ता सामुहीक लगानी कोष र ५४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: