×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता, विराटनगरको दीर्घकालीन सरसफाइमा प्राथमिकता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता, विराटनगरको दीर्घकालीन सरसफाइमा प्राथमिकता

Artha Sarokar

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विराटनगर । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए । उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए ।

करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, “म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।” कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ–आफ्नो धारणा राखेका थिए । छलफल कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी