×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२४.८२ प्रतिशत नागरिकमा पुग्यो उच्चस्तरको खानेपानीको पहुँच , थप छ स्थानमा वाटर एटिएम जडान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२४.८२ प्रतिशत नागरिकमा पुग्यो उच्चस्तरको खानेपानीको पहुँच , थप छ स्थानमा वाटर एटिएम जडान

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमवल ३५ प्रतिशतमा पुगेको सरकारद्धारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ । हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा २४ दशमलव ६५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेका थिए । गत फागुनसम्ममा विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम र आयोजनाबाट ९२ हजार ५०५ जना खानेपानी तथा सरसफाइ सेवाबाट लाभन्वित भएका छन् । ‘एक घर एक शौचालय’को अवधारणाअनुसार शतप्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ ।

हालसम्म ३८२ पालिकाका ११ हजार ४२५ खानेपानी प्रणालीको तथ्याङ्क सङ्कलन गरिएको छ । यसमा प्रणालीको संरचनागत अवस्था, खानेपानीको पहुँच नपुगेका समुदाय, सरसफाइको अवस्था, विद्यालयको खानेपानी तथा सरसफाइको अवस्थाको पहिचान भएको छ । खानेपानीसम्बन्धी विकास आयोजनाका आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा दक्ष तथा अदक्ष गरी झण्डै २० हजारले रोजगारी पाएका छन् । मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत भइरहेको बताइएको छ । जलवायू अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत गोर्खा–दरौदी, हर्रे–टुनिबोटे डुँडेखोला वृहत पम्पिङ तथा आङ्ना मौवा सम्पन्न भएर थप २५ हजार ९८९ व्यक्ति मध्यमस्तरको खानेपानीबाट लाभान्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत नारायणी सहलगानी खानेपानी आयोजना, नवलपुर तथा भरतपुर सहलगानी आयोजना, दाङ आयोजना सम्पन्न भएर थप १३ हजार ६१२ जनसङ्ख्यालाई उच्चस्तरको पानी उपलब्ध गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गतका १० पोखरीमध्ये चालू आवमा बाँकी एउटा पनि सम्पन्न भएको छ । सो आयोजनामा ७७ किमी थोक वितरण प्रणाली सम्पन्न भएको छ भने एक हजार १० किमी वितरण सञ्जाल सुधारमध्ये एक हजार किमी सम्पन्न भएको छ । गुहे्श्वरी ढल प्रशोधन केन्द्रबाट ३२ दशमलव चार मिलियन लिटर प्रतिदिन पानी प्रशोधित भएर बागमतीमा प्रवाह भइरहेको छ । वर्षात्को पानी सङ्कलन गर्ने कार्यक्रममा थप १६ स्थानमा वर्षात्को पानी सङ्कलन प्रविधि जडान भएर चार हजार आठ सय जनसङ्ख्या लाभन्वित भएको छ । चालू आवमा वाटर एटिएम थप छ स्थानमा जडान भएको तथ्याङ्क छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी