×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लास्ट रिमाइन्डर : आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

PRIME CA

लास्ट रिमाइन्डर : आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

५ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आदर्श लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीको ६७ कित्ता आइपीओमा आवेदन दिने असार ५ गते आइतबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । उक्त आइपीओमा शुक्रबार असार ३ गते दिउँसो १ः४५ बजेसम्म १ करोड २१ लाख ३८ हजार ४२० कित्ताका लागि आवेदन परिसकेको छ । उक्त आवेदन १९३.८५ गुणा बढी आवेदन हो । कम्पनीले असार १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ लाख रुपैयाँ बराबरको ६७ कित्ता आइपीओ निष्कासन गरेको छ । जसमध्ये ३ हजार ३५० कित्ता सामुहिक लगानी कोष र १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने भएका छन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकमा आइपीओमा बीओके क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: