×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: भयो सहमति, नबिल बैंक जाने एनबीका कुनै कर्मचारीको पनि ‘घटुवा’ नहुने, तलव सुविधा भने साविकको बैंककै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

अन्तत: भयो सहमति, नबिल बैंक जाने एनबीका कुनै कर्मचारीको पनि ‘घटुवा’ नहुने, तलव सुविधा भने साविकको बैंककै !

काठमाडौँ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न लागेको नबिल बैंक लिमिटेडले कर्मचारी समायोजनलाई दुवै पक्षले जित्नेगरी ‘सेफ ल्याण्डिङ’ गरेको छ । आफ्नो एक पद घटुवा हुने भएपछी नेपाल बंगलादेश बैंकका कर्मचारीहरु रुष्ट बनेका थिए । तर नेपाल बंगलादेश बैंकका प्रतिनिधि, नबिल बैंकका प्रतिनिधि र राष्ट्र बैंकका प्रतिनिधिबीच भएको छलफलबाट अन्तत: यस्तो निष्कर्ष निस्किएको हो । आज भएको सहमतिअनुसार अव नेपाल बंगलादेश बैंकका कुनै पनि कर्मचारीको नबिल बैंकमा ‘घटुवा’ हुने छैन ।

‘अव कसैको पनि घटुवा हुने छैन । पोस्ट म्यापिङ गरेर अगाडी बढ्ने सहमति भएको छ। ‘ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘अव आजको सहमतिपछि नबिल र एनबीमा भईरहेको स्टाफ एडजष्टमेन्टको ‘लफडा’ टुंगिएको छ ।’ उनका अनुसार अव नेपाल बंगलादेश बैंकका कुनै पनि तहका कर्मचारी नबिल बैंक जान चाहेमा उनीहरुको घटुवा हुने छैन । तर यसरि नबिल बैंक जाने कर्मचारीहरुको तलव सुविधा भने नेपाल बंगलादेश बैंकमै खाईरहेको तलव हुनेछ । अर्थात अव नबिलमा उही तहका कर्मचारी भएपनि कोहि बंगलादेश बैंकबाट आएको भए उसको तलव कम हुनेछ । नेपाल बंगलादेश बैंकका कर्मचारीले पनि यो विषयमा सहमति दिएको बुझिएको छ ।
अर्कोतर्फ नबिल नजाने र भीआरएस लिएर बैंक छोड्न चाहानेहरुका लागि पनि पूर्व निर्धारित भीआरएस योजनामा ३ महिनाको तलव थपेर दिनेसमेत सहमति भएको छ । सुरुमा घोषणा गरिएको कार्यक्रममा ३-३ महिनाको तलव थपेर बैंक भीआरएस लिएर बैंक छोड्न चाहानेहरुलाई दिनेछ ।
राष्ट्र बैंकको पहलमा भएको यो सहमतिले अव नेपाल बंगलादेश बैंकका कर्मचारीहरु पनि सन्तुष्ट हुने र नबिल बैंकका कर्मचारीको पनि असन्तुष्टी नहुनेगरी निर्णय भएको नेपाल बंगलादेश बैंकका एक उच्च अधिकारीले समेत पुष्टी गरे । ‘राष्ट्र बैंकको पहलपछि सबैले जित्नेगरी विन-विन खालको सहमति भएको छ । अव हामीलाई कुनै पनि समस्या छैन ।’ नेपाल बंगलादेश बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने, ‘हाम्रो पूर्व सीइओको नेपाल राष्ट्र बैंकमा कति राम्रो सम्बन्ध रहेछ भन्ने तथ्य पनि प्रमाणित भयो । हामी सबैले जित्यौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: