पोखरा। प्रभु वैंकको गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा सनिबार पोखरामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रादेशिक कार्यालयको परिसरमा सम्पन्न उक्त कार्यक्रममा ७५ जनाले रक्तदान गरेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।
रक्तदान कार्यक्रममा प्रभु बैंक लिमिटेड प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचन, क्षेत्रीय रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा निर्देशक डा। रामशरण खरेल, विभिन्न वाणिज्य बैंकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि प्रादेशिक तथा शाखा कार्यालयहरुबाट यस्तै सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्