×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी बैंकद्धारा सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा, ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सेञ्चुरी बैंकद्धारा सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा, ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सकिने

Artha Sarokar

१३ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन ।

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता न्यूनतम रु. १,००,००० मा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । यस खातामा विभिन्न सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक बैंकिङ प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । यस खाता सम्बन्धि थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np  तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी