×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता, ट्रयाक्टर खरिद गर्न ऋण प्रदान गर्ने

GLOBAL IME BANK

सेञ्चुरी कमर्सियल बैंक र किसान समूहबीच सम्झौता, ट्रयाक्टर खरिद गर्न ऋण प्रदान गर्ने

२ असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र धनगढी, सुदुर पश्चिम अवस्थित किसान समूह बीच कृषि उत्पादकत्व बृद्धिको लागि ट्रयाक्टर खरिद गर्न लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा किसान समूहबाट सिफारिस भएका ग्राहकहरुलाई सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट सोलिस र सोनालिका ट्रयाक्टर खरिद गर्न विपन्न वर्ग कर्जा अन्तर्गत ऋण प्रदान गर्ने र ती ग्राहकहरुलाई किसान समूहले Buy Back Guarantee सुविधा समेत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा प्रमुख प्रविन कुमार दाहाल र किसान समूहका तर्फबाट प्रबन्ध निर्देशक शाह नवाज आलमले हस्ताक्षर गरेका थिए । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np  तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: