Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिबीच सम्झौता, स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्न सकिने

अर्थ सरोकार

काठमाडौँ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ एप “Century Pay” प्रयोग गरी कुनै पनि बस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर(Smart QR) मार्फत गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका थिए । अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न सकिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK