काठमाडौँ। डेभलपमेण्ट बैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्तर्गत गण्डकी प्रदेश विकास बैंक फोरमको सोमवार बसेको भेलाले मुक्तिनाथ विकास बैंकका गण्डकी प्रदेश प्रमुख शंकर के.सी.लाई संयोजकमा चयन गरेको छ । यस अगाडीका संयोजक तथा गरिमा विकास बैंक पोखरा क्लसटर प्रमुख भोला तिवारीको केन्द्रीय कार्यालयमा सरुवा भएकोले रिक्त रहेको उक्त पदमा के.सीलाई चयन गरेको हो । उक्त कार्यक्रममा गरिमा विकास बैंकका नयाँ क्लसटर प्रमुख भक्त वहादुर के.सीलाई स्वागत गर्दै कार्यसमिति सदस्यमा चयन गर्ने समेत निर्णय गरेको छ ।
संयोजक चयन भएपश्चात कार्यक्रममा वोल्दै के.सीले सामुहिक रुपमा विकास बैंकका समस्या,अवसर र चुनौती तथा अन्य कार्यहरुमा डेभलपमेण्ट बैंकर्स एसोसियसनलाई सुझाव प्रदान गर्ने र गण्डकी प्रदेशमा उल्लेख्य रुपमा समन्वयकारी भुमिका निर्वाह गर्ने बताए । उक्त भेलाले निवर्तमान् संयोजक भोला तिवारीले आफ्नो नेतृत्वमा फोरमलाई स्थापित गराउन पुर्याएको योगदानको लागि धन्यवाद ज्ञापन समेत गरेको थिए। भेला विकास बैंक फोरमका कार्यवाहक संयोजक सुशिल पौडेलको संयोजकत्वमा सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्