Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकले उर्जा ऋणपत्र जारी गर्ने, बिक्रीप्रबन्धमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले एभरेष्ट बैंक लिमिटेडको दुई अर्ब रुपैयाँ बराबरको “एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र (Energy Bond),२०८९ ” निष्काशन तथा बिक्रीप्रबन्ध गर्न मिति २०७९/०२/२० मा सम्झौता गरेको छ । उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका थिए ।

बैंकले “एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र (Energy Bond),२०८९”जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब २० करोड बराबरको १२ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५०% दरले ब्याज त्रैमासिक रुपमा भुक्तानी हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK