Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलमपमेण्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी नियुक्त

अर्थ सरोकार

काठमाडौँ। पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । बैंकका कर्जा तथा व्यवसाय प्रबर्द्धन विभाग प्रमुख बुढाथोकी लाई बैंकको संचालक समितिको २०७९ ज्येष्ठ ३१ गते बसेको १७६औँ बैठकले २०७९ आसार १ गते देखी लागुहुने गरि बैंकको कायम मुकायम प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । विगत १६ वर्ष भन्दा वढि बैंकिङ क्षेत्रको अनुभव भएका बुढाथोकी बैंकको कर्जा तथा व्यवसाय प्रबर्द्धन विभाग प्रमुखको रुपमा कार्यरत थिए ।

चार वर्ष अगाडी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका उमेश कुमार आचार्यको २०७९ ज्येष्ठ ३१ गते कार्यकाल समाप्त भएकोले बुढाथोकीलाई कामय मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो । २० वर्षको बैंकिङ अनुभवमा १५ वर्ष भन्दा बढि प्रमुख कार्यकारी अधिकृत रहेका आचार्यलाई बैंकको उन्नती र प्रगतीमा पुर्याएको योगदानको कदर गर्दै धन्यवाद दिने र उनको उज्वल भविष्यको कामना गर्ने निर्णय समेत बैंक संचालक समितिले गरेको बैंकका सुचना अधिकारी सुशिल पौडेलले बताए । आफ्नो चार वर्षे कार्यकाल पुरा गरी विदा भएका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको सम्मानमा बैंकले विदाई कार्यक्रम आयोजना गरेको पौडेलले बताए । उनको चारवर्षे कार्यकालमा बैंकले आफ्नो व्यवसायमा उल्लेख्य वृद्धी, डिजिटल बैंकिङ गर्नुका साथै, कार्यक्षेत्र विस्तार गरेको साथै शाखा संजालमा व्यापक विस्तार गरेको थियो ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका बुढाथोकीको कर्जा व्यवस्थापनमा विषेश अनुभव रहेको छ । बुधवार आयोजित पदस्थापना कार्यक्रम मार्फत् कार्यभार सम्हालेका बुढाथोकीले आम सर्वसाधारणहरुमा बैंकिङ पहुच पुर्याउन ग्रीन डेभलपमेण्ट बैंकलाई विषेश नेतृत्व प्रदान गर्ने बताए । ग्राहकवर्ग, शेयरधनी तथा नियमनकारी निकायहरुको चाहना तथा नीति, निर्देशन बमोजिम बैंकको सेवामा आमुल परिवर्तन ल्याउन बिशेष भुमिका निर्वाह गर्ने बताए । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसीमका अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK