Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकद्वारा डिजिटल बैकिङ प्रबर्द्धनको लागी अनलाईन वेभनार कार्यक्रम सम्पन्न

अर्थ सरोकार

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो ग्राहक महानुभावहरुलाई डिजिटल बैंकिङ सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले ZOOM मार्फत २०७९ साल जेष्ठ २१ गते Online Webinar सम्पन्न गरेको छ । बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चाल गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ कारोबार गर्ने, अन्तर बैंकिङ रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने जस्ता महत्वपुर्ण जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले आफनो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएका छन ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK