Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकाश बैंकले विभिन्न शाखाका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने

अर्थ सरोकार

काठमाडौँ। कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका शाखाहरु मध्य बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी आज काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK