काठमाडौँ। कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम इन्टरन्यासनल होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरेका हुन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा १५%, खानपानमा १०% र बेभरेज १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्