×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवल स्थित महाराजा रिसोर्ट प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई महाराजा रिसोर्ट प्रा.लि.बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका थिए ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत महाराजा रिसोर्टका विभिन्न सेवाहरुमा आकर्षक छुटको व्यवस्था गरेको हो । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो रिसोर्टबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा रिसोर्टको लजिङ्ग र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी