Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको भिशा डेबिट/क्रेडिट कार्डमा विदेशबाट पठाएको रकम प्राप्त गर्न सकिने

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले भिसा ईन्टरनेश्नलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवम् प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ । विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल/ईन्टरनेट बैंकिङ वा VISA Card तथा रेमिट्यान्स कम्पनीहरु मार्फत कुमारी बैंकको डेबिट/क्रेडिट एवम् प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।

विदेशबाट भिसा डाईरेक्ट (VISA Direct) मार्फत रकम पठाउँदा सिधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले व्यक्त गरे । फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी VISA डेबिट/क्रेडिट एवम् प्रिपेड मा सोझै प्राप्त गर्न सक्ने छन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकहरुको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ । यस प्रणाली मार्फत गरिएका प्रत्येक रु. १५,०००/- भन्दा बढीको VISA Direct कारोवारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५००/- प्रदान गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४४ शाखारहित बैंकिङ ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लाग्ने प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK