काठमाडौँ । महालक्ष्मी विकास बैंकले विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले महेन्द्रपुल पोखरामा अवस्थित ओम हस्पिटल प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औँ वार्षिकोत्सवको अवसर पारेरे उक्त हस्पिटल सँग सम्झौता गरेको छ ।
उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
२८ औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोग प्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्ग निर्देशनको लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथसाथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहर मार्फत करिब ६ लाख ग्रहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based travel Card, eCommerce card / Dollar card जारी गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्