×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकसँग मेगाको ‘ब्रेकअप’, १०० :९०स्वाप रेसियोमा एनआईबीएलसँग मर्जरको तयारी, डिडिएमा चलखेलको गन्ध !

कुमारी बैंकसँग मर्जरको अन्तिम तयारी हुँदा एकाएक कुरा बिग्रिएपछि मेगा बैंक र कुमारी बैंकको अन्तत: ब्रेकअप भएको छ । हिमालयन बैंकसँगको मर्जर प्रक्रिया भाडिएपछि कोहिसँग मर्जरमा जानैपर्ने बाध्यता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले अन्तत: मेगा बैंकलाई जोडीको रुपमा रोजेको छ । झन्डै १५ दिन भएको व्यापक छलफल पछि अन्तत: मेगा र इन्भेष्टमेन्ट बैंक एक आपसमा मर्ज हुन लागेका हुन् ।

मर्जरपछि ज्योति पाण्डे नै सीइओ हुनेगरी सहमति भईसकेको छ भने अहिलेकी रविना देशाराज श्रेष्ठ तेश्रो बरियतामा हुनेछिन् । बैंकमा दोश्रो बरियतामा अरु नै कोहि ल्याउन खोजिएको बैंक स्रोतको दाबी छ । बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाण्डेले नै निरन्तरता पाउने बुझिएको छ भने स्टाफ एडजस्टमेन्टमा पनि कुरा मिलिसकेको बताइएको छ ।

डिडिएमा व्यापक चलखेलको गन्ध !
खासमा स्वाप रेसियो भनेको डीडीए प्रतिवेदनले फाइनल गर्ने कुरा हो । तर बैंकहरुबीच कर्मकाण्डी डीडीए गरेर १०० बराबर ९० रुपैयाँको स्वाप रेसियो फाइनल गराउने र सोहि अनुसार अगाडी बढ्ने रणनीतिका साथ अगाडी बढ्ने सहमति भईसकेको मेगा बैंकका एक संचालकले बताएका छन् । ‘अव १०० बज्राबर ९० को स्वाप रेसियोमा दुई बैंक मर्जरमा जाने भएका छन् ।’ अर्थ सरोकारसँग उनले भने, ‘कुमारी बैंकसँग अन्तिममा कुरा मिलेन ।’

‘अनि स्वाप रेसियो त डिडिएले फाइनल गर्ने होइन र ?’ हाम्रो प्रश्नमा ती संचालकले भने, ‘हुन त हो । तर हाम्रो कुरा मिलिसकेपछि बाँकी त कर्मकाण्ड पुर्याउने त हो नि । (हाँसो)

हाल इन्भेस्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख र सञ्चित कोष १४ अर्ब ३५ करोड ११ लाख रुपैयाँ छ भने १६ अर्ब ३१ करोड चुक्ता पुँजी रहेको मेगाको ६ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ सञ्चित कोष छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: