काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयर पूँजी घटाएर १ प्रतिशतमा झारिएको छ । बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन गर्दा दायित्व नखाम्ने अवस्था देखिएको र अवैधानिक रुपमा पूँजी चुक्ता गरेको पाइएपछि राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले ३५ जना सेयर धनीको सेयर पूँजी १ प्रतिशतमा झारेको हो ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को दफा ८६ (ङ) को उपदफा (१) को खण्ड (च) र (ज) तथा दफा ८६ (ज) अनुसार सेयर स्वामित्व घटाएर १ प्रतिशतमा सीमित गरिएको व्यवस्थापन समूहले जनाएको छ ।
व्यवस्थापन समूहको सेयर पूँजी घटाउने निर्णय कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखीकरण गर्नुपूर्व उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास)मा मंसिर ९ गते सुनुवाइ हुनेछ ।
सो निर्णयप्रति कसैको दाबी-विरोध भए प्रमाणसहित तोकिएको मिति र समयमा अदालतमा उपस्थित हुन व्यवस्थापन समूहले सार्वजनिक सूचनामार्फत आह्वान गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्