×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको ब्रान्ड एम्बेसडरमा पर्वातारोही लाक्पा देण्डी शेर्पा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैंकको ब्रान्ड एम्बेसडरमा पर्वातारोही लाक्पा देण्डी शेर्पा

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवम् बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्र हस्ताक्षर गरेका छन् । लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जस्ले तीन पटक सगरमाथा आरोहण गर्ने सबैभन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकोर्ड होल्डर पनि हुन् ।

एक कार्यक्रमका बीच बैंकको तर्फबाट प्रमुख- बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौता पत्र हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात लाक्पा देण्डी शेर्पाले बैंकको सेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसर ( Brand Influencer) को रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्ने छन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ-बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी