Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंक र इिस्माइल मेकरस् डेन्टलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको गोदावरी स्थित इिस्माइल मेकरस् डेन्टल होम (Smile Makers Dental Home ) सँग विभिन्न सेवाहरुमा विशेष २० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले ललितपुरमा रहेको इिस्माइल मेकरस् डेन्टल होममा विभिन्न सुविधाहरु जस्तै दाँत सफा गर्ने, दाँत भर्ने र नक्कली दाँत हाल्नेमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट नि :शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK