Skip to content
LAXMI SUNRISE BANK

एनबिलाई प्राप्ति गर्न लागेको नबिल बैंकमा अर्को लफडा: बढुवा नगरे आन्दोलन गर्ने नबिलका कर्मचारीको चेतावनी (पत्रसहित)

अर्थ सरोकार

काठमाडौँ । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्तिको अन्तिम टुंगो लाग्नै लाग्दा नबिल बैंक लिमिटेडको कर्मचारी युनियनले अवस्था हेरेर १ र २ तह बढुवा गर्नुपर्ने माग अगाडी सारेको छ । नेपाल बंगलादेश बैंकका कर्मचारीहरु समायोजन गर्न नै बैंकलाई गाह्रो भईरहेका बेला नबिल बैंकको कर्मचारी युनियनले यस्तो माग अगाडी सारेको हो । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई लेखिएको पत्रमा संघले आफ्नो बढुवाको माग प्रस्तुत गरेका छन् भने सो माग पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

कर्मचारी युनियनले यतिसम्म कडा विज्ञप्ति निकालेको छ कि संघले नेपाल बंगलादेश बैंकका कर्मचारीहरुलाई ‘पाकिस्तानी जनशक्ति’ र आफुहरुलाई ‘जापानिज जनशक्ति’का रुपमा चित्रण गरिएकोसमेत पाइएको छ । ‘जतिसुकै प्रगतिशील कुराको दुहाई दिए पनि के पाकिस्तानी जनशक्तिको कार्यक्षमताको मिलान जापानीज जनशक्तिसँग गर्न मिल्छ ?’ सो पत्रमा भनिएको छ ।

‘नबिल बैंकको क्षमता र प्रतिष्ठालाई उँचो बनाउने अहोरात्र खट्ने कर्मचारीहरु अर्को बैंक प्राप्तिपश्चात् पुरस्कृत हुने र व्यवस्थापनबाट थप हौसला प्राप्त हुने आसमा बसीरहँदा बैंकले यथास्थितीमा नै प्राप्ति गरेको कर्मचारीसरह व्यवहार गर्नु दुभाग्यपुर्ण हो ।’ पत्रमा भनिएको छ, ‘यस्तो परिस्थितीको कर्मचारी संघ जोडदार विरोध गर्दै नबिल बैंकमा नेपाल बङ्गलादेश बैंक लिमिटेड प्राप्तिपश्चात् कर्मचारीहरुको हक हितमा सिन्को नभाच्ने र कर्मचारीहरुलाई केवल प्रयोग मात्र गर्ने व्यवस्थापनको गलत प्रवृतीप्रति खेद व्यक्त गर्दछौं ।’

संघले स्तरको छोइसकेको कर्मचारीको हकमा २ तह र अन्यको हकमा १ तह बढुवा गरिनुपर्ने माग राखेका छन् । यदी सो माग पूरा नभए आफुहरु आन्दोलनमा जाने धम्कीसमेत संघले नबिलका सीइओलाई दिएका छन् । आन्दोलन गर्नुपरेको खण्डमा सोको सम्पूर्ण जिम्मेवारी बैंक व्यवस्थापनको हुनेसमेत सो पत्रमा उल्लेख छ ।

यस विषयमा बुझ्न हामीले नबिल बैंकका कामु सीइओ सुजितशाक्यलाई फोन गरेका थियौं । तर उनको फोन नै उठेन ।

यता नबिल बैंक कर्मचारी संघका अध्यक्ष सबिन भट्टराईले भने आफुहरु विन-विनमा जान खोजेको भन्दै आफ्नो बैंकका कर्मचारीहरुलाई पनि सम्मानजनक समायोजन हुनुपर्ने भन्दै आफुहरुले ध्यानकार्षण गराएको बताए । ‘पछी एकै ठाउँमा काम गर्ने हो । त्यसैले कसैको पनि अपमान हुनु हुँदैन । ह्राम्रा साथीहरुले बर्षौं सम्म बढुवा नपाएकोसमेत स्थिति छ । त्यसैले हाम्रा जायज माग पूरा हुनैपर्छ ।’ उनले भने ।

हेर्नुहोस् पत्र

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK